 
                             
                                            बाँके- बाँकेमा दादुरा रोगको संक्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग संक्रमण पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन्। दादुराको संक्रमण अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ। यहाँ अहिलेसम्म दुई सय १३ संक्रमण फेला परेका छन्।
हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा संक्रमण पुष्टि भएको छ। यीमध्ये १० जनाको उपचार भइरहेको छ। नेपालगञ्जका एक संक्रमित अस्पताल भर्ना भएका छन्।
यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए। दिनहुँ संक्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ। अहिलेसम्म बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन्।
नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 