‘बहाव’ ट्रेलर : हावाको बहावसँगै उड्न चाहन्छिन् सुरक्षा

हिमाल प्रेस १५ फागुन २०७९ १८:२५ | Monday, February 27, 2023
‘बहाव’ ट्रेलर : हावाको बहावसँगै उड्न चाहन्छिन् सुरक्षा

काठमाडौँ– फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट १४ सेकेन्ड लामो ट्रेलर ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

ट्रेलरमा फिल्मकी मुख्य पात्र अभिनेत्री सुरक्षा पन्त क्रान्तिको रूपमा समाजमा परिवर्तनको भूमिकामा देखिएकी छन्। उनी मानिसको नकारात्मक सोचाइको विद्रोही बनेकी छन्।

उनीसहित ट्रेलरमा कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठको फिचर्ड छ। फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्म श्रीधर पौडेलले निर्माण गरेका हुन्। फिल्म सुजन बडालको सम्पादन र कार्तिकेय स्मिता कर्नाटकले छायांकन रहेको छ।

प्रकाशित: १५ फागुन २०७९ १८:२५ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast