काठमाडौँ- नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाहीको माग गरेको छ।
बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले दिनदहाडै भएको लुटपाट र हिंसात्मक घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले वास्तविक मजदूरका जायज माग सम्बोधन गर्न माग गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्न माग गरेका हुन्।
                            प्रकाशित: ३ फागुन  २०७९ १२:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

