बलात्कार आरोपित गिरीविरुद्ध प्रदर्शन गर्ने पाँच पक्राउ

हिमाल प्रेस ३ फागुन २०७९ १७:३७ | Wednesday, February 15, 2023
बलात्कार आरोपित गिरीविरुद्ध प्रदर्शन गर्ने पाँच पक्राउ विरोध प्रदर्शन गर्ने महिलालाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर- हिमाल प्रेस

काठमाडौँ–  संघीय संसद्‌भवनअगाडि प्रदर्शन गर्ने पाँच जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। महिला हिंसा र बलात्कारीविरुद्ध विरोधमा उत्रिएका उनीहरूलाई बुधबार दिउँसो प्रहरीले उक्त स्थानबाट पक्राउ गरेको हो।  कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरी बलात्कार आरोपी रहेको भन्दै उनीहरूले गिरीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरेका थिए।

सो क्रममा ५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्‍ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।  न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले गत मंसिर ३ मा दिएको जाहेरी अहिलेसम्म दर्ता नभएको उनीहरूको दाबी छ।

प्रकाशित: ३ फागुन २०७९ १७:३७ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast