फेरि रोकियो चेल्सी

हिमाल प्रेस २८ माघ २०७९ २०:२६ | Saturday, February 11, 2023
फेरि रोकियो चेल्सी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो बराबरी खेलेको छ। शनिबार राति चेल्सी लन्डन रंगशालामा वेस्टह्याम युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो। चेल्सीका पछिल्ला दुई खेल फुलहम र लिभरपुलसँग गोलरहित बराबरीमा टुंगिएका थिए।

चेल्सीले खेलको १६ औँ मिनेटमा अग्रता लिएको थियो। गत महिना डेब्यु खेलमै रातो कार्ड खाएपछि तीन खेलका लागि प्रतिबन्धमा परेका जाओ फिलिक्सले इन्जो फर्नान्डेजको असिस्टमा गोल गर्दै चेल्सीलाई अघि बढाएका थिए।

मार्क कुुकुरेलासँग वान–टु–वान खेल्दै वेस्टहयामको क्षेत्रमा पुगेका इन्जो फर्नान्डेजले क्रस गरेका थिए। लेफ्ट विंगबाट आएको इन्जोको क्रसलाई बक्समा रहेका जाओले वान टच गोलमा परिणत गरे।

तर १२ मिनेटपछि नै वेस्टह्याम खेलमा फर्कियो। रक्षक भ्लादिमिर कौफलको क्रसलाई जारोड बोवेनले हेड गर्दै चेल्सीको बक्सतिर पठाइदिए। लेफ्ट विंगबाट चेल्सीको बक्सतर्फ आइरहेका एमरसनले बल भेटे र सहजै गोल गरे।

यो नतिजापछि चेल्सी नवौँ स्थानमा यथावत छ। २२ खेलबाट ३१ अंक बटुलेको चेल्सी र १० औँ स्थानको लिभरपुलबीच अक दुई अंकको दूरी कायम भएको छ। यद्यपि लिभरपुलले चेल्सीभन्दा दुुई खेल कम खेलेको छ।

शीर्षचारमा पर्ने लक्ष्यका साथ जनवरीमा आठ नयाँ खेलाडी भित्र्याएको चेल्सी र चौथो स्थानको न्युकासल युनाइटेडबीच नौ अंकको दूरी छ। पराजित वेस्टह्याम २२ खेलबाट २० अंक जम्मा गर्दै १५ औँ स्थानमा छ।

प्रकाशित: २८ माघ २०७९ २०:२६ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast