प्रधानसेनापति शर्मा र अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तरबीच भेटवार्ता

हिमाल प्रेस २ फागुन २०७९ १६:२९ | Tuesday, February 14, 2023
प्रधानसेनापति शर्मा र अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तरबीच भेटवार्ता

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरबीच भेटवार्ता भएको छ। जंगीअड्डामा मंगलबार भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको हो।

दुईपक्षीय भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले बताएको छ। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अख्तर सोमबार नेपाल भ्रमणमा आएकी हुन्।

प्रकाशित: २ फागुन २०७९ १६:२९ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast