प्रधानमन्त्री प्रचण्डले भने : जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं

हिमाल प्रेस १४ फागुन २०७९ १२:३१ | Sunday, February 26, 2023
प्रधानमन्त्री प्रचण्डले भने : जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका हुन्।

‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ।’

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए।

 

प्रकाशित: १४ फागुन २०७९ १२:३१ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast