काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।
महाशाखका अनुसार दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म)का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
प्रकाशित: ६ फागुन २०७९ ७:१७ | Saturday, February 18, 2023
प्रतिक्रिया



