प्रकाश र अञ्जलीले ल्याए भ्रष्टाचारविरुद्धको गीत

हिमाल प्रेस ९ फागुन २०७९ १५:२७ | Tuesday, February 21, 2023
प्रकाश र अञ्जलीले ल्याए भ्रष्टाचारविरुद्धको गीत

काठमाडौँ- प्रकाश सपूत र रचना रानामगरको स्वरमा नयाँ गीत ‘कोही बच्दैन’ सार्वजनिक भएको छ। गायक सपूतकै शब्द, संगीत र परिकल्पनामा तयार गीत भ्रष्टाचारविरुद्व रहेको छ।

गीतको भिडियोमा गायक प्रकाशसँगै मोडल अञ्जली अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारीको भूमिकामा देखिएका छन्।

सु्नील परियारको सम्पादन रहेको गीतलाई प्रवीन भट्ट र मिलन विश्वकर्माले सम्पादन गरेका छन्। सुनिल बिकले निर्देशन गरेको गीतमा मानकृष्ण महर्जनको छायांकन रहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिकोत्सवको अवसरमा चेतनामूलक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियो सीआईएए नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: ९ फागुन २०७९ १५:२७ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast