पोखरा बस दुर्घटना अपडेट : घाइते सबै ‘खतरामुक्त’

विजय नेपाल ७ फागुन २०७९ २०:२७ | Sunday, February 19, 2023
पोखरा बस दुर्घटना अपडेट : घाइते सबै ‘खतरामुक्त’ लेखनाथमा आइतबार भएको बस दुर्घटना। इन्सेटमा उपचाररत घाइतेहरूको अवस्था बुझ्दै पोखरा महानगरका मेयर धनराज आचार्य। तस्बिर-विजय उत्सव/हिमाल प्रेस

पोखरा– पोखरा २७ लेखनाथमा आइतबार माइक्रोबस दुर्घटना भएको छ। दुर्घटनामा ४० जना घाइते छन्। तीमध्ये ३ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

लेखनाथको ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयबाट जाँदै गरेको ग. १ ख ६७४७ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो।

बसमा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि गाउन लिएर फर्किंदै गरेका अधिकांश विद्यार्थी थिए।

बस वडा प्रहरी कार्यालय डाँडाको नाक प्रहरी चौकीनजिकै खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

पोखरा विश्वविद्यालयको सोमबार दीक्षान्त समारोह हो। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा उपचार भइरहेको छ।

अस्पतालले दिएको पछिल्लो जानकारीअनुसार घाइतेहरू खतरामुक्त छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पताल पुगी घाइतेलाई भेटेर स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित: ७ फागुन २०७९ २०:२७ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast