पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो रात्रिकालीन उडान गर्ने

हिमाल प्रेस ११ फागुन २०७९ १२:२८ | Thursday, February 23, 2023
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो रात्रिकालीन उडान गर्ने

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अब रात्रिकालीन उडान पनि हुने भएको छ। विमानस्थलमा आईएफआर अर्थात् इन्स्टुमेन्ट फ्लाइट रुल्स जडान भएसँगै रात्रिकालीन उडान सम्भव भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइट प्रमाणित गरी रात्रिकालीन उडान अनुमति दिएको हो। नियमित सञ्चालनको २ महिनापछि रात्रिकालीन उडान पनि हुनेपछि पोखराका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन्। सबैभन्दा पहिले बुद्ध एयरले फागुन २५ देखि यस्तो उडान गर्ने तयारी गरेको छ।

आफूहरूले अबको २ सातापछि फागुन २५ देखि रात्रिकालीन उडान सुरु गर्ने तयारी गरेको बुद्ध एयरका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए। विमानस्थल प्रमुख विक्रमराज गौतमले अपराह्न ४ बजे नै विमानस्थल बन्द गर्नुपर्ने अवस्था अब नरहने बताए। रात्रिकालीन उडान सुरु भएपछि आगामी दिनमा प्लेन समयमै उड्न नसके पनि समस्या नरहने उनको भनाइ छ।

बुद्धले भारतबाट अनुमति आए भारतका विभिन्न सहरमा ३ वटा उडान गर्ने पनि जनाएको छ। बुद्धले पोखराबाट बनारस, दिल्ली र देहरादुन सहरमा उडान गर्ने लक्ष्य राखेको छ। यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि बिज, हिमालय, नेपाल बायु सेवा निगम, कोरियन एयर लगायतले चासो दिएका छन्।

पुस १७ (१ जनवरी) देखि सञ्चालनमा आएको यो विमानस्थल देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। माघ १ गतेको यती एयरको विमान दुर्घटनाले हवाई यात्रुको चाप भने ह्वात्तै घटेको छ।

प्रकाशित: ११ फागुन २०७९ १२:२८ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast