पोखराको महेन्द्रपुलमा कार दुर्घटना, ३ जना घाइते

हिमाल प्रेस २९ माघ २०७९ १४:५२ | Sunday, February 12, 2023
पोखराको महेन्द्रपुलमा कार दुर्घटना, ३ जना घाइते

पोखरा– पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ। दुर्घटनामा कारचालकसहित २ जना पैदलयात्रु घाइते भएका छन्।

दिउँसो पौने २ बजेतिर बा. १३ च २६६२ नम्बरको निजीकार पार्किङबाट ब्याक गरेर निकाल्ने क्रममा एक्कासी महेन्द्रपुलको दक्षिणतर्फको रेलिङमा ठोक्किन पुगेको हो। कारको अगाडि भागले रेलिङ भत्काए पनि नदीमा खस्नबाट भने जोगिएको छ।

दुर्घटनामा कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते छन्। सो कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन्। म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया विक र उनका १८ वर्षीय छोरा विष्णु विक घाइते छन्।

उनीहरूलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पैदलयात्री २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

क्षतिग्रस्त कारलाई क्रेन सहयोगमा बाहिर निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले जनाए।

प्रकाशित: २९ माघ २०७९ १४:५२ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast