 
                             
                                            पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य ५२ वर्षीय सञ्जयकुमार श्रेष्ठको निधन भएको छ। आइतबार बिहान ३ बजे फिस्टेल अस्पतालमा उपचार क्रममा निधन भएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। पछिल्लो समय बिरामी परेका उनलाई जन्डिस (कमलपित्त) समेत देखिएको थियो।
पोखरा गणेशटोल निवासी उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ।
नेपाली कांग्रेस पोखरा महानगर समितिका सचिव टुवराज बास्तोलाले महानगर समिति सदस्यसमेत रहेका वडा सदस्य श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
                            प्रकाशित: १४ फागुन  २०७९ १०:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 