पीएनजीबाट नेपाललाई २०४ रनको लक्ष्य

हिमाल प्रेस १५ फागुन २०७९ १५:३८ | Monday, February 27, 2023
पीएनजीबाट नेपाललाई २०४ रनको लक्ष्य

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी शृंखलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला टस हारेर ब्याटिङ गरेको पीएनजीलाई मध्यम लक्ष्यमा सीमित गर्न नेपालका गुल्शन झाले किफायती बलिङ गरे।

टोनी उरा दुई रन बनाएर सोमपाल कामीको बलमा आउट भएपछि पीएनजीले अपेक्षाकृत सुरुवात गर्न सकेन। अर्का ओपनर किप्लिन डोरिगाले २९ रन र तेस्रो नम्बरमा ब्याटिङ गरेका सेसे बाउले ३१ रन लिएपछि पीएनजीको इनिङ्स केही हदसम्म सम्हालिएको थियो।

त्यसपछि कप्तान असाद भालले सर्वाधिक ३६ रन जोडे। चाड सोपरको नाममा पनि ३६ रन रह्यो। त्यसैगरी मध्यक्रमका नोर्मान भानुआले २५ रनको योगदान गरे।

गुल्शनले नौ ओभरमा २८ रन खर्चिएर तीन विकेट लिए। त्यसैगरी कुशल मल्लको नाममा दुई विकेट रह्यो भने सोमापाल कामी, करण केसी र प्रतिस जीसीले एक–एक विकेट हात पारे।

लिग–२ मा यसअघि पीएनजीविरुद्धका दुई खेलमा नेपाल विजयी भएको थियो। ती दुवै खेल दुबई अन्तराष्ट्रिय रंगशालामै भएका थिए।

सात टिमसम्मिलित लिग–२ मा नेपाल र पीएनजी पुछारका दुई स्थानमा छन्। नेपालले हालसम्म २६ र पीएनजीले पाँच अंक बटुलेका छन्। पीएनजीले २८ खेलमध्ये दुईमा मात्र जित हासिल गरेको छ। पीएनजीले पछिल्ला ६ खेलमा लगातार पराजय भोगेको छ।

प्रकाशित: १५ फागुन २०७९ १५:३८ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast