पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षाई नै दिनुपर्ने अडान

हिमाल प्रेस ८ फागुन २०७९ १७:०२ | Monday, February 20, 2023
पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षाई नै दिनुपर्ने अडान शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम निजीक्षेत्रलाई दिनै नहुने बताएका छन्।

जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइमा ढिलाई गरिरहेको भन्दै सरकारले विद्यालय तहका पाठ्यपुस्तक छपाइको जिम्मा निजीक्षेत्रलाई दिने छलफल चलिरहेका बेला शिक्षा सचिव सुवेदीले निजीक्षेत्रलाई छपाइको जिम्मा दिनै नहुने अडान लिएका हुन्।

राष्ट्रियसभाअन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सोमबार सचिव सुवेदीले पाठ्यपुस्तक छपाइमा जनक शिक्षा सामग्री केन्द्र माथि नै भर पर्नुको विकल्प नरहेको बताए। बैठकमा सांसदहरूले निजीक्षेत्रलाई दिएर भए पनि विद्यालय तहको पाठ्यपुस्तक समयमै उपलब्ध गराउन सरकारलाई दबाब दिएका थिए।

सोही क्रममा सचिव सुवेदीले यही चैत १५ गतेभित्र छपाइ सकेर पाठ्यपुस्तक विद्यालयहरूमा पठाउने प्रतिबद्धता आएको दाबी गरे। निजीक्षेत्रलाई पाठ्यपुस्तक छपाइका लागि दिन नीतिगत र कानुनी जटिलता रहेको सचिव सुवेदीको भनाइ थियो।

‘मैले आफ्नो कुरा स्पष्ट गर्न सकिने भने म सचिव हुँदिनँ। म सचिव भएर मैले ट्रष्ट गरिन भने मैले सबै गर्ने होइन’, उनले भने, ‘म इम्पिलिमेन्टेसनमा जान सक्दिनँ। जनक शिक्षाले भनेको मैले पत्याउनैपर्छ। सरकारी सिस्टमको कुरा आफूहरूले पत्याउनुपर्ने भन्दै उनले जनक शिक्षाले चैत १५ सम्म छाप्छु भनिसकेको बताए।

प्रकाशित: ८ फागुन २०७९ १७:०२ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast