काठमाडौँ- पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा आगलागी हुँदा दुई बालकको मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार घरमा कोही नभएको समयमा आगोलागी हुँदा दुई बालकको मृत्यु भएको हो।
‘घरमा कोही अभिभावक रहेनछन् बालकहरू मात्रै रहेछन्। त्यही बेलामा आगोलागी भएछ,’ अधिकारीले हिमालप्रेससँग भने, ‘एक बालक मामाघर आएका रहेछन्। अर्का त्यही घरका हुन्।’
जलेर मृत्यु हुनेमा शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन्। आगो कसरी लाग्यो भन्ने नखुलेको अधिकारीको भनाइ छ। आगोले घर जलेर पूर्ण रुपमा क्षति भएको छ।
प्रकाशित: १२ फागुन २०७९ १९:३६ | Friday, February 24, 2023
प्रतिक्रिया



