पशुपतिमा भक्तजनको उल्लास (फोटो फिचर)

दिपेश श्रेष्ठ ६ फागुन २०७९ १०:१८ | Saturday, February 18, 2023
पशुपतिमा भक्तजनको उल्लास (फोटो फिचर)

काठमाडौँ- महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पाशुपत क्षेत्रमा शुक्रबारबाटै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ।
पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको छ।

तस्बिर : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

प्रकाशित: ६ फागुन २०७९ १०:१८ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast