पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार क्रियाशील छ : मन्त्री किराती

हिमाल प्रेस १ फागुन २०७९ १७:५५ | Monday, February 13, 2023
पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार क्रियाशील छ : मन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

जनताको भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार सुरु गरिएको उनको भनाइ छ। पर्यटन क्षेत्रमा सानो लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँदै पर्यटन व्यवसायीहरूका समस्या सामाधानमा सरकार क्रियाशील रहने उनले बताए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यवालोकन उडान गर्नुपर्नेमा जोड दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक हंशराज पाण्डे, होटल व्यवसायी राजन श्रेष्ठ र उद्योगपति राजेन्द्र खनालले प्रदेशमा रहेका १४ वटा विमानस्थलमा यहाँवाट हवाई उडान सञ्चालन गर्नुपर्ने बताए।

कूल १६ हजार २ सय ७७ वर्गमिटर क्षेत्रफलमा फैलिने टर्मिनल भवन २ अर्ब ४२ करोडको लागतमा निर्माण हुनेछ। भविष्यमा बढ्नसक्ने हवाई यात्रुको चापलाई ध्यानमा राख्दै धावनमार्ग विस्तार गरिन लागिएको विराटनगर विमानस्थलका प्रमुख रिञ्जी शेर्पाले जानकारी दिए।

प्रकाशित: १ फागुन २०७९ १७:५५ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast