परराष्ट्रमन्त्री आज जेनेभा जाँदै

हिमाल प्रेस १४ फागुन २०७९ १३:५५ | Sunday, February 26, 2023
परराष्ट्रमन्त्री आज जेनेभा जाँदै

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जाने भएकी छन्। परराष्ट्र मन्त्रालयले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आज (आइतबार) नै मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको हो।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन्। नेपाल सो परिषद्को सदस्य राष्ट्र हो।

‘मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देश भित्रै पर्छौं हामी, त्यो कामलाई हामीले विश्व सामु चिनाउनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौँ। द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ।’

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

प्रकाशित: १४ फागुन २०७९ १३:५५ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast