 
                             
                                            काठमाडौँ- बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेनन अभिनीत फिल्म ‘शहजादा’को प्रदर्शन मिति एक साता सरेको छ।
अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ अहिले भारतीय सिनेमा हलहरूमा प्रदर्शनरत छ। फिल्मकै सम्मानमा ‘शहजादा’ एक हप्ता पछि धकेलिएको भारतीय सञ्चारमाध्यममा बताइएको छ।
कार्तिक र कृति मुख्य भूमिकामा रहेको ‘शहजादा’ भ्यालेन्टाइन्स डेको अवसरमा फेब्रुअरी १० मा प्रदर्शनमा आउने थियो। तर अब फेबु्रअरी १७ मा प्रदर्शन हुनेछ।
फिल्म निर्माताले एक विज्ञप्ति जारी गरी सो जानकारी सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रोहित धवनले निर्देशन गरेको फिल्ममा मनिषा कोइराला, परेश रावल, रोनित रोय र सचिन खेडेकरलगायत कलाकारको अभिनय रहेको छ।
यस फिल्मबाट कार्तिकले सह-निर्माताको रूपमा डेब्यु गरेका छन्। फिल्म तेलुगु फिल्म ‘अला वैकुंठपुररामलू’को हिन्दी संस्करण हो। जसमा अभिनेता अल्लु अर्जुन मुख्य भूमिकामा छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 