नेसपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने

हिमाल प्रेस १३ फागुन २०७९ १२:३० | Saturday, February 25, 2023
नेसपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने निर्णय गरेको छ। आज शनिबार बसेको उक्त पार्टीको बैठकले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो। राष्ट्रपतिका उम्मेदवारको मनोनयन आज शनिबार हुँदैछ निर्वाचन शनिबार हुँदैछ।

२५४ मतभार नेसपासँग संघीय संसद्‍मा २ र प्रदेश सभामा २ जना सांसद छन्। शुक्रबारमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका थिए।

कांग्रेसले आज शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। एमालेले पनि सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: १३ फागुन २०७९ १२:३० | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast