नेम्बाङले गरे राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता

हिमाल प्रेस १३ फागुन २०७९ १३:०९ | Saturday, February 25, 2023
नेम्बाङले गरे राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता

काठमाडौँ-  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता गरेका छन्।

शनिबार संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो , दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।

प्रकाशित: १३ फागुन २०७९ १३:०९ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast