नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट : पारस खड्काको उपस्थितिमा ट्रफी सार्वजनिक

हिमाल प्रेस ८ फागुन २०७९ २१:४५ | Monday, February 20, 2023
नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट : पारस खड्काको उपस्थितिमा ट्रफी सार्वजनिक

काठमाडौँ- नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा हुने आठौँ संस्करणको नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। पाकिस्तानी दूतावासमा सोमबार आयोजित कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो।

प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र पाकिस्तानी दूतावासका  काउन्सिलर डीसीएम उमर अलिले संयुक्त रूपमा सार्वजनिक गरे। सो क्रममा खड्काले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामार्फत् नेपाली युवा प्रतिभावान खेलाडीले मौका पाइरहेको बताए।

पाकिस्तानी दूतावासमा रहेको मैदान नेपालमा भएको मैदानमध्ये सुविधा सम्पन्न मैदान रहेको बताए। उक्त मैदानलाई पूर्णमैदानका रूपमा प्रयोग गर्न उपलब्ध गराउन पनि खड्काले आग्रह गरे। आगामी १० मार्चदेखि नेपाल-पाकिस्तान टी-२० क्रिकेट प्रतियोगिता हुनेछ।  प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा रहेका उदीयमान खेलाडीको हौसला बढाउने उद्देश्यले पास्कितानी दूतावासले प्रतियोगिता आयोजना गर्दै आएको छ। १८ मार्चसम्म हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरी खेलाइने दूतावासले जानकारी दिएको छ। चार समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ८ फागुन २०७९ २१:४५ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast