नेपाल खुला राखेरै आन्दोलन गर्न सकिन्छ भनेर हामीले देखायौं : मिलन पाण्डे

हिमाल प्रेस २७ माघ २०७९ १९:११ | Friday, February 10, 2023
नेपाल खुला राखेरै आन्दोलन गर्न सकिन्छ भनेर हामीले देखायौं : मिलन पाण्डे महाधिवेशनमा सम्बोधन गर्दै पाण्डे। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले नेपाल बन्द गरेर मात्रै राजनीति गर्न सकिन्छ भन्ने परम्परा आफूहरूले तोडेको दाबी गरेका छन्।

काठमाडौँमा शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन गर्न सकिन्छ भनेर आफूहरूले देखाएको पाण्डेको तर्क छ।

‘ठूला भनिएका दलबाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ। लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने हामीले देखाएका छौं। आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुंगा हान्ने मात्रै होइन, फूल रोपेर पनि आन्दोलन गर्न सकिन्छ भनेर हामीले देखायौं,’ उनले भने।

प्रकाशित: २७ माघ २०७९ १९:११ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast