नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गरौँ : प्रधानसेनापति शर्मा

हिमाल प्रेस १६ फागुन २०७९ २०:४७ | Tuesday, February 28, 2023
नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गरौँ : प्रधानसेनापति शर्मा

दाङ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकको महत्त्वपूर्ण जिम्मेवारी हुने बताएका छन्। नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी वार्डको संयोजनमा मंगलबार घोराहीस्थित रणसिंह दल गणमा आयोजित नेपाली सेना भूपूसैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले समाजमा उदाहरणीय रूपमा प्रस्तुत भई नेपाली सेनाको प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकलाई अनुरोध गरे।

उनले नेपाली सेनाको संस्थागत हितलाई सदैव ध्यान दिई सैनिक सेवामा प्राप्त ज्ञान, सीप र अनुभवका आधारमा जनताको सेवामा सकारात्मक योगदान पुर्‍याउन अनुरोध गरे। संविधान र कानुनबमोजिम अहोरात्र खटिरहेको नेपाली सेनाप्रति हुने गरेको नकारात्मक टीकाटिप्पणी र झुटा समाचार सम्प्रेषण हुने गरेकोमा दुःख व्यक्त गदै उनले सेनाको मनोबल घटाउने त्यस्ता अवाञ्छित क्रियाकलापप्रति सचेत रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।

प्रधानपति शर्माले सूचना प्रविधिको विकाससँगै त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै सत्यतथ्य र आधिकारिक सूचना र समाचारका आधारमा सेनाप्रतिको धारणा बनाउन अनुरोध गरे।

प्रकाशित: १६ फागुन २०७९ २०:४७ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast