नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा आगलागी

हिमाल प्रेस १६ फागुन २०७९ ७:२९ | Tuesday, February 28, 2023
नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा आगलागी सांकेतिक तस्बिर

नुवाकोट- नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको छ ।

बेलकोटस्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन।

ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर पूर्णरुपमा जलेको छ । विदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

प्रकाशित: १६ फागुन २०७९ ७:२९ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast