निर्वाचन आयोगले तोकेको जरिबानाको रकम मिनाहा

हिमाल प्रेस ६ फागुन २०७९ ७:४४ | Saturday, February 18, 2023
निर्वाचन आयोगले तोकेको जरिबानाको रकम मिनाहा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम माफी मिनाहा भएको छ।

उनले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिबानाको रकम माफी मिनाहा गरेका राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका तीन सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ।

राष्ट्रपति भण्डारीबाट फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: ६ फागुन २०७९ ७:४४ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast