धर्म र संस्कृति समाज विकासको आधार : गण्डकी प्रदेश प्रमुख

हिमाल प्रेस १४ फागुन २०७९ ६:२० | Sunday, February 26, 2023
धर्म र संस्कृति समाज विकासको आधार : गण्डकी प्रदेश प्रमुख

पोखरा– गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताएका छन्।

पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ साधारणसभा एवम् १०औँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘धार्मिक पर्यटन प्रवर्द्धनसँगै त्यसबाट हुने आम्दानीले समाजको शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ,’ उनले भने, ‘यस्ता क्षेत्रको संरक्षण र विकासमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन।’

गुप्तेश्वर गुफाको आम्दानीबाट बहुमुखी क्याम्पस र गुरुकूल आश्रम सञ्चालन गर्नु समाज तथा राज्यका लागि महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यसको भौगोलिक अवस्थाको अध्ययन अनुसन्धान गर्न पहल गर्ने विश्वास व्यक्त गरे।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले गुप्तेश्वर गुफा पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भएको जनाउँदै आम्दानीबाट गुफाको विकाससँगै यस क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन्।

प्रदेशसभा सदस्य विन्दुकुमारी पौडेल पहारीले धर्म संस्कृति र परम्पराको संरक्षणका लागि सबैको कर्तव्य भएको उल्लेख गरिन्।

प्रकाशित: १४ फागुन २०७९ ६:२० | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast