दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

हिमाल प्रेस २७ माघ २०७९ १६:२८ | Friday, February 10, 2023
दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख– दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ। ७७ वर्षीय अध्यक्ष गुरुङको आज शुक्रबार दिउँसो उपचारको क्रममा निधन भएको हो।

स्वास्थ्य जाँचका लागि काठमाडौँ आउने क्रममा अकस्मात् मुटु दुखेपछि दैलेख अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा उनको निधन भएको उनका भतिजा जगत गुरुङले जानकारी दिए।

बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि दैलेख सदरमुकाममा जचाउँदा सामान्य देखिएपछि अध्यक्ष गुरुङ घर फर्किएका थिए। आज उपचारका लागि जाँदै गर्दा बाटोमै उनलाई हृदयघात भएको बताइएको छ।

उनी स्थानीयतहको निर्वाचनमा नेपालभरकै ज्येष्ठ पालिका प्रमुख निर्वाचित भएका थिए।

प्रकाशित: २७ माघ २०७९ १६:२८ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast