देशको अधोगतिप्रति मौन रहन सक्दिनँ : पूर्वराजा ज्ञानेन्द्र

हिमाल प्रेस ६ फागुन २०७९ २०:४५ | Saturday, February 18, 2023
देशको अधोगतिप्रति मौन रहन सक्दिनँ : पूर्वराजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्र शाह।

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र र देश जोगाउनका लागि राजनीतिक दल र राजसंस्थाबीच सहकार्यको आग्रह गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शनिबार एक सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

अहिलेको राजनीतको अवस्थाले देशअधोगतिमा जान लागेको भन्दै उनले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने उनले उल्लेख गरेका छन्।

`देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन,’ सन्देशमा उल्लेख छ।

अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताउँदै नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको पनि उनले बताएका छन्।

उनले अब आफू अब मौन रहन नसक्ने पनि सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: ६ फागुन २०७९ २०:४५ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast