दुर्गा प्रसाईंलाई एमालेबाट निकाल्ने तयारी

हिमाल प्रेस ६ फागुन २०७९ १०:४५ | Saturday, February 18, 2023
दुर्गा प्रसाईंलाई एमालेबाट निकाल्ने तयारी

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निष्काशन गर्ने तयारी थालिएको छ।

प्रसाईंका पछिल्ला गतिविधिका कारण पार्टीबाट निकाल्नुपर्ने कुरा उठ्न थालेको छ। एमालेको विधान उल्लंघन गरेको भन्दै  कार्यकर्ताबाटै प्रसाईंलाई निष्काशन गर्नुपर्ने दबाब बढेको हो। प्रसाईंलाई कारबाही गर्न नेकपा एमाले प्रदेश १ कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। शनिबार बिहान बसेको प्रदेश बैठकले यस्तो निर्णय गरेको हो।

पछिल्लो समय प्रसाईं पूर्व राजपरिवारसँग नजिकिएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए।

कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए। कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। गएको मंसिर ४ को निर्वाचनमा प्रसाईंले झापा ३ बाट प्रतिनिधिसभामा उठ्ने तयारी गरेका थिए। तर एमालेले राप्रपासँग तालमेल गर्दै राजेन्द्र लिङ्देनलाई सोही क्षेत्र छाड्नुपर्‍यो।

सोही कारण प्रसाईं एमालेसँग असन्तुष्ट छन्।

प्रकाशित: ६ फागुन २०७९ १०:४५ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast