दुई वर्ष पनि टिकेन सौर्यबत्ती

हिमाल प्रेस १६ फागुन २०७९ २२:०५ | Tuesday, February 28, 2023
दुई वर्ष पनि टिकेन सौर्यबत्ती फाइल तस्बिर

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्यबत्ती दुई वर्ष नपुग्दै बिग्रिएका छन्। गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो । ती बत्ती दुई वर्ष नपुग्दै बिग्रिएएका हुन्। मालिकार्जुन–३ का गोविन्द धामीले बत्ति बिग्रिँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको बताए।

गाउँपालिकाको ८ लाख रुपैयाँ तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १२ लाख रुपैयाँ गरी २० लाख रुपैयाँ लागतमा बत्ती जडान गरिएको हो। सौर्यबत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसरभित्र जडान गरिएका सीसीटीभी क्यामेरा पनि बिग्रिएका छन्। मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले सीसीटीभी क्यामेरा बिग्रे पनि बनाउनका सम्बन्धित निकायले चासो नदिएको बताए।

मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्यबत्ती पनि बिग्रिएका छन्।

राष्ट्रिय धाम मालिकार्जुन मन्दिर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्यबत्ती बिग्रिएको लामो समय हुँदा पनि मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए। ‘धेरै सामान त चोरी समेत भएको छ’ उनले भने। सौर्यबत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गरिए पनि गाउँपालिकाले चासो नदिएको स्थानीयको आरोप छ। रासस

प्रकाशित: १६ फागुन २०७९ २२:०५ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast