 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव भेटिएको छ ।
दुई जना छोरासहित नहरमा हाम्फाल्ने महिला र दुई बालकको शव सलले एकै ठाँउमा बाँधिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले जानकारी दिए।
गण्डक नहरमा आज मंगलबार दिउँसो नौ वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित आमा २९ वर्षकी प्रतिमा थारूले हाम्फालेका थिए ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलाको मानसिक स्वास्थ्य राम्रो नभएको बताइएको छ। उनका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा रहेको पाइएको प्रहरीको भनाइ छ। उनले दुई छोरासहित किन नहरमा हाम्फालेर आत्महत्या गरिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
                            प्रकाशित: १० फागुन  २०७९ ७:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 