तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी

हिमाल प्रेस १२ फागुन २०७९ १९:१८ | Friday, February 24, 2023
तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी तस्बिर : कृष्ण बाँस्कोटा

तेह्रथुम- तेह्रथुमको अठराई गाउँपालिका वडा नम्बर ६ स्थित चुहानडाँडामा भीषण आगलागी भएको छ। आगलागीमा परेर १४ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। अठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमका अनुसार साँझ करिब ६ बजे आसपासबाट भएको आगलागीको कारण खुल्न सकेको छैन। ‘१४ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्’ गाउँपालिका अध्यक्ष पाहिमले हिमालप्रेससँग भने, ‘पशु चौपाय पनि जलेका छन्।’

अध्यक्ष पाहिमले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको सहयोगको आगो नियन्त्रणको प्रयास भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए।

प्रकाशित: १२ फागुन २०७९ १९:१८ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast