तीन कुलपतिले लिए प्रधानमन्त्रीबाट शपथ

हिमाल प्रेस ४ फागुन २०७९ ९:०३ | Thursday, February 16, 2023
तीन कुलपतिले लिए प्रधानमन्त्रीबाट शपथ

काठमाडौँ- नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

यसरी शपथ ग्रहण गरेका नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका हुन्।

सो अवसरमा प्रधानमन्त्रीले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

प्रकाशित: ४ फागुन २०७९ ९:०३ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast