डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते

हिमाल प्रेस ६ फागुन २०७९ ७:२८ | Saturday, February 18, 2023
डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते

काठमाडौँ- डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन्।

शुक्रबार राति भएको दुर्घटनामा घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै, डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ। सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ।

सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो। जिपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्भ गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जिप दुर्घटना भएको हो।

 

प्रकाशित: ६ फागुन २०७९ ७:२८ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast