फाइल तस्बिर।
                                            सुर्खेत– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। कांग्रेस सुर्खेतले आइतबार सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्र
‘कांग्रेसले उमेदवार बनाएको व्यक्ति नै राष्ट्रपति निर्वाचित हुनुहुनेछ। यसमा कुनै शंका छैन,’ उनले भने।
महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको जिकिर गरे।
पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण सत्ताबाहिर बस्नुपरेको बताउँदै उनले यसमा कसले के कति गल्ती गर्यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको स्पष्ट पारे। अबको केही दिनमा पुरानै गठबन्धन ब्युँतिने उनको भनाइ छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

