ट्याक्टर अनियन्त्रित हुँदा एकको मृत्यु, चालक फरार

हिमाल प्रेस ५ फागुन २०७९ ८:५१ | Friday, February 17, 2023
ट्याक्टर अनियन्त्रित हुँदा एकको मृत्यु, चालक फरार सांकेतिक तस्बिर।

काठमाडौँ- सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा ट्याक्टर अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ। मलेखपुर सडकमा को १ त ५१०८ नम्बरको हुँदा बिहीबार दिउँसो राजगढ गाउँपालिका–५ धनकीटोल बस्ने ५० वर्षीय शिवशंकर मण्डलको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक फरार छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ फागुन २०७९ ८:५१ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast