काठमाडौँ- नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै १३ तहमा दरखास्त माग गरेको छ।
उपप्रबन्धक १, वरिष्ठ इन्जिनियर २, वरिष्ठ लेखा अधिकृत १, टेलिकम इन्जिनियर ५, टेलिकम इन्जिनियर कम्प्युटर २, टेलिकम इन्जिनियर इलेक्ट्रिकल १, इन्जिजियर सिभिल १, सहायक लेखा अधिकृत ३, सहायक प्रशासन अधिकृत २, सहायक व्पापार अधिकृत २, टेक्निसियन ६, सहायक ७ र जुनियर टेक्निसियन ९ जना माग गरिएको छ।
पद अनुसार योग्यता भएकाले दरखास्त दिन सक्ने प्रावधान छ।

प्रकाशित: १२ फागुन २०७९ ८:२८ | Friday, February 24, 2023
प्रतिक्रिया



