टर्कीमा अर्को भूकम्प

हिमाल प्रेस ९ फागुन २०७९ ९:०४ | Tuesday, February 21, 2023
टर्कीमा अर्को भूकम्प

शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमबार फेरि अर्को भूकम्प गएको छ।

उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ। सोमबारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ।

पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।

टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमबार साँझ ८ः०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ।

प्रकाशित: ९ फागुन २०७९ ९:०४ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast