टर्किस र सिरियालीको सहयोगमा जुटिन् प्रियंका चोपडा

हिमाल प्रेस २ फागुन २०७९ १६:०६ | Tuesday, February 14, 2023
टर्किस र सिरियालीको सहयोगमा जुटिन् प्रियंका चोपडा

काठमाडौँ- भारतीय अभिनेत्री प्रियंका चोपडाले टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्न संसारभरिका मानिसलाई आग्रह गरेकी छन्।

विनाशकारी भूकम्पका कारण घरबारविहीन हुन पुगेका टर्किस र सिरियालीप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत सहयोगका लागि भनेकी हुन्। आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा उनले टर्की र सिरियामा भइरहेको उद्धार कार्यको भिडियो सेयर गरेकी छन्।

‘विनाशकारी भूकम्पको एक सातापछि पनि टर्की र सिरियाका मानिसको दुःख र पीडा कम भएको छैन,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन्। टर्किस र सिरियालीहरूको दुःख र पीडालाई कम गर्नका निम्ति प्रियंकाले संसारभरिका मानिसलाई गुहारेकी हुन्।

फेबु्रअरी ६ मा टर्कीमा ७.८ म्याग्निुच्युडको शक्तिशाली भूकम्प गएको थियो। जसका कारण अहिलेसम्म ३५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। ८० हजारभन्दा बढी घाइते भएका छन्। भत्किएका भवनका भग्नावशेषमा अहिले पनि हजारौँ मानिस फसेका हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: २ फागुन २०७९ १६:०६ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast