ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ भने किताब छाप्न किन सक्दैन?

हिमाल प्रेस २९ माघ २०७९ १६:२८ | Sunday, February 12, 2023
ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ भने किताब छाप्न किन सक्दैन?

काठमाडौँ- राप्रपाका सांसद ज्ञानेद्र शाहीले समयमै विद्यार्थीलाई किताब उपलब्ध गराउन नसकेको भन्दै संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निशूल्क शिक्षाको कुरा गर्ने तर विद्यार्थीले किताब नपाउने अवस्था रहेको भन्दै उनले आपत्ति जनाएका हुन्।

उनले सरकारले हिमाली जिल्लामा शैक्षिक सत्र कहिले सुरु हुन्छ भन्ने हेक्का नराखेको प्रति पनि आपत्ति जनाए।

‘हामी यहाँ निशूल्क शिक्षाको कुरा गरिरहेका छौँ। हिमाली जिल्लामा मंसिर परीक्षा सकिन्छ फागुन १ मा शैक्षिक सत्र सुरु हुन्छ। अहिलेसम्म किताब पुर्‍याइएको छैन। तर मानव स्रोत विकास केन्द्रले ०७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ,’ उनले भने, ‘तर हिमाली जिल्ला जुम्लादेखि फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुँदैछ। दुई महिना विद्यार्थी गुच्चा खेल्नका लागि होइन। सरकारले मतपत्र छाप्न सक्छ त किताब छाप्न किन सक्दैन?’

प्रकाशित: २९ माघ २०७९ १६:२८ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast