 
                             
                                            काठमाडौँ– जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण गरेको छ। भूकम्पले क्षति पुर्याएको सहिद जगत प्रकाश शाह संस्कृत माध्यमिक विद्यालय भवन जाइकाले पुनर्निर्माण गरेको हो।
उक्त भवन जाइकाको भूकम्पपछिको पुनर्निमाण परियोजनाअन्तर्गत बनाइएको हो। परियोजनाको लागि जाइकाले १४ अर्ब रुपैयाँ छुट्याएको छ। हालसम्म २७४ विद्यालय भवन निर्माण गरेको जाइकाले नुवाकोटमा मात्रै ७२ विद्यालय पुनर्निर्माण गरेको छ।
६ वटा ब्लक रहेको विद्यालय भवनमा १७ सुविधा सम्पन्न कोठा बनाइएको छ। यसमा ३ वटा बालविकास केन्द्र, छात्र र छात्राको लागि छुट्टाछुट्टै शौचालय, सौर्य ऊर्जालगायतका पूर्वाधारसमेत बनाइएको छ।
भिडियो सन्देशमार्फत् नेपालका लागि जापानी राजदूत किकुता युताकाले सुविधायुक्त भवनबाट विद्यार्थीले अध्ययन गर्ने उपयुक्त वातावरण पाएको बताए। उनले भवन निर्माणका लागि सहयोग गर्ने सबैप्रति अभारसमेत व्यक्त गरे।नुवाकोटको बिदुर-५ मा रहेको विद्यालयमा ५ सय १८ विद्यार्थी अध्ययनरत छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 