‘जनयुद्ध’ र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गरिने

हिमाल प्रेस १६ फागुन २०७९ ७:०२ | Tuesday, February 28, 2023
‘जनयुद्ध’ र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गरिने

काठमाडौँ- सरकारले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले जनाएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना मन्त्री सम्मिलित मन्त्रिपरिषद्को बैठक बसेको थियो। एमालेसहितका दलहरु सरकारबाट बाहिरिएपछि अहिले सरकारमा प्रधानमन्त्रीसहित पाँच जना मन्त्री मात्रै छन्।

जसमा जनमत पार्टीका तर्फबाट एक जना रहेका छन् भने बाँकी चार जना माओवादी केन्द्रका हुन्। उक्त बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सचिवालयले भनेको छ, ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने आज बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ। बाँकी निर्णयको नियमित पत्रकार सम्मेलनबाट जानकारी हुने छ।’

प्रकाशित: १६ फागुन २०७९ ७:०२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast