जनमत संग्रह गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ : शशांक कोइराला

हिमाल प्रेस २९ माघ २०७९ ६:४८ | Sunday, February 12, 2023
जनमत संग्रह गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ : शशांक कोइराला

नवलपुर- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन्। उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिबार नेता डा. कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए। नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए।

प्रकाशित: २९ माघ २०७९ ६:४८ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast