सत्ताबाट बाहिरिने निर्णयपछि रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेलगायत। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दैछ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ।
यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्बित हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
प्रकाशित: १ फागुन २०७९ ९:२७ | Monday, February 13, 2023
प्रतिक्रिया



