चार विषयमा गम्भीर राष्ट्रिय विमर्श थाल्न कांग्रेस महामन्त्री शर्माको प्रस्ताव

हिमाल प्रेस ३ फागुन २०७९ १२:३० | Wednesday, February 15, 2023
चार विषयमा गम्भीर राष्ट्रिय विमर्श थाल्न कांग्रेस महामन्त्री शर्माको प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले असल समाज निर्माणका लागि चारवटा गम्भीर विषयमा राष्ट्रिय विमर्श थाल्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

उनले यसका लागि राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

उनले भने, ‘यी चार गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ। सम्माननिय सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपिल गर्दछु।’

शर्माले व्यवसायी प्रेम आचार्यले आत्महत्या गर्नुको प्रसंगमा भने, मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण निश्चय नै हुन् तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ।’

उनले प्रहरी तथ्यांक उल्लेख गर्दै नेपालमा आत्महत्याको दर बढिरहेको बताए। उनले भने, ‘नेपाल प्रहरीको तथ्यांक भन्छ ( आत्महत्याको दर यो दशकमा ७८ प्रतिशतले वृद्धि भएको छ। सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु भोग्ने परिवारका लागि पिडाको आकार बेहिसाब छ।’

प्रकाशित: ३ फागुन २०७९ १२:३० | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast