काठमाडौँ- चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुष्कर लामा (प्रेम भोम्जन)निर्वाचित भएका छन्।
संघको २० औँ वार्षिक साधारण सभाले बिहीबार लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि पनि २०७२ साल र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए।
अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको निर्वाचन अधिकृत राजुप्रसाद धिमालले बताए।
उनका अनुसार ‘के घर के डेरा’ फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
प्रकाशित: १२ फागुन २०७९ ११:३५ | Friday, February 24, 2023
प्रतिक्रिया



