चन्द्र भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै

हिमाल प्रेस ४ फागुन २०७९ १३:२८ | Thursday, February 16, 2023
चन्द्र भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै फाइल तस्बिर

काठमाडौँ- बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो। गए राति घाइते भएका नेता भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता भण्डारीको दुवै हात र दुवै खुट्टा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।

प्रकाशित: ४ फागुन २०७९ १३:२८ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast