घट्यो सुनको भाउ

हिमाल प्रेस ११ फागुन २०७९ ११:३९ | Thursday, February 23, 2023
घट्यो सुनको भाउ फाइल तस्बिर

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार पाँच सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँ मा आएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित: ११ फागुन २०७९ ११:३९ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast